एमाले अध्यक्ष केपी शर्मा ओली। फाइल तस्बिर
काठमाडौँ- नेकपा (एमाले) संसदीय दलको आजको बैठकले पार्टीका उपाध्यक्ष, संविधानसभाका अध्यक्ष एवं प्रतिनिधिसभाका पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ।
दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले मुलुकको लोकतान्त्रिक आन्दोलन र सविधान निर्माणमा नेम्वाङले निर्वाह गरेको भूमिका अविस्मरणीय रहेको ठहर गरेको छ। नेता नेम्वाङको भदौ २६ गते हृदयाघातका कारण निधन भएको थियो।
प्रकाशित: २८ भदौ २०८० १८:४४ | Thursday, September 14, 2023
प्रतिक्रिया




