काठमाडौँ- सरकारले आज सार्वजनिक बिदा दिएको छ। सरकारले संविधानसभा अध्यक्ष तथा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा आज सार्वजनिक बिदा दिएको हो।
उनको आज बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ हिन्दु र किराँत दुवै संस्कृतिअनुसार अन्त्येष्टी गरिँदैछ।
नेम्वाङको गत सोमबार राति हृदयघातबाट निधन भएको थियो।
प्रकाशित: २८ भदौ २०८० ७:१३ | Thursday, September 14, 2023
प्रतिक्रिया





