नेम्बाङको निधनका कारण चीन भ्रमणमा रहेको एमाले टोली आजै नेपाल फर्किने

हिमाल प्रेस २६ भदौ २०८० ७:२२ | Tuesday, September 12, 2023
नेम्बाङको निधनका कारण चीन भ्रमणमा रहेको एमाले टोली आजै नेपाल फर्किने एमाले महासचिव शंकर पोखरेल। फाइल तस्बिर।

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुवास नेम्बाङको निधनपछि चीन भ्रमणमा रहेको एमाले टोली आजै स्वदेश फर्किने भएको छ।

एमाले महासचिव शंकर पोखरेल नेतृत्वमा रहेको टोली विभिन्न राजनीतिक भेटघाटमा व्यस्त थियो। तर नेम्बाङको निधनले आजै फर्किने भएको भ्रमण टोलीका सदस्य एवं पत्रकार राजेश राईले जानकारी दिए।

‘सम्पूर्ण पूर्व निर्धारित कार्यक्रम रद्द गरेर आज नेपाल फर्किनु हुने भएको छ। आजै छिङ्हाईको सिनिङ हुँदै छेन्दु भएर नेपाल फर्किनु हुनेछ।’

पार्टी नेता राजन भट्टराईलाई उदृत गर्दै राईले भनेका छन्,यसपछिको सम्पूर्ण कार्यक्रम रद्द भएको छ। टिकट पाएको अवस्थामा भ्रमण दलको सबै सदस्य पनि फर्किने निर्णय भएको छ।’

प्रकाशित: २६ भदौ २०८० ७:२२ | Tuesday, September 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast