नेपाल वेयर हाउजिङ कम्पनीले पायो आईपीओ निकाल्ने अनुमति

हिमाल प्रेस १२ असोज २०८० १६:०२ | Friday, September 29, 2023
नेपाल वेयर हाउजिङ कम्पनीले पायो आईपीओ निकाल्ने अनुमति

काठमाडौँ- नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निकाल्ने अनुमति पाएको छ। जसको लागि कम्पनीले हिमालयन क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्ति गरेको छ।

कम्पनीले सर्वसाधारणका लागि १३ लाख ६५ हजार कित्ता साधारण सेयर निकाल्ने छ। पहिलो चरणमा कम्पनीले प्रारम्भिक सार्वजनिक निष्कासनको १० प्रतिशत सेयर वैदेशिक रोजगारीमा रहेकालाई दिनेछ।

वेयर हाउजिङ कम्पनीले सुनसरी र पर्सामा ४० हजार मेट्रिक टन क्षमताको वेयरहाउस सञ्चालन गरिरहेको छ। कपिलवस्तुमा १५ हजार मेट्रिक टन क्षमताको वेयरहाउस आगामी पुससम्म सञ्चालनमा आउने गरि काम भइरहेको छ।

प्रकाशित: १२ असोज २०८० १६:०२ | Friday, September 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast