काठमाडौँ- नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल दलित संघको अध्यक्षमा लोकबहादुर विश्वकर्मा (सुर्खेत) नियुक्त भएका छन्।
साउन १० गतेको कांग्रेस केन्द्रीय समितिको निर्णअनुसार सभापति शेरबहादुर देउवाले दलित संघको अध्यक्षमा विश्वकर्मालाई नियुक्त गरेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको नेपाल दलित संघको अध्यक्ष विश्वकर्मालाई नियुक्त गरिएको उनले बताए।
प्रकाशित: १३ असोज २०८० १०:४२ | Saturday, September 30, 2023
प्रतिक्रिया




