काठमाडौँ- अभिनेत्री निरुता सिंहले बिहे गरेकी छिन्। उनले आफूले बिहे गरेको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन्।
उनले भारतको मुम्बई निवासी संजीव गुलाटीसँग बिहे गरेकी हुन्। उनले गत बिहीबार बिहे गरेको बताएकी छिन्।
उनले आफूलाई माया गर्ने दर्शकहरूलाई धन्यवाद दिँदै छिट्टै नेपाल आउनेसमेत बताएकी छिन्।
प्रकाशित: १६ भदौ २०८० १६:५४ | Saturday, September 2, 2023
प्रतिक्रिया



