नाम्चेमा नबिल बैंकको नयाँ शाखा

हिमाल प्रेस १ असोज २०८० १२:३२ | Monday, September 18, 2023
नाम्चेमा नबिल बैंकको नयाँ शाखा

सोलुखुम्बु- नबिल बैंक लिमिटेडको २६५औँ शाखा सोलुखुम्बुको नाम्चेमा सुरु भएको छ। बैंकिङ पहुँच र दुर्गम क्षेत्रमा शाखा विस्तार रणनीतिका साथ नाम्चेमा शाखा खोलिएको नबिल बैंकले जनाएको छ।

नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले शाखाको उद्घाटन गरेका छन्। उक्त कार्यक्रममा बोल्दै अध्यक्ष पौड्यालले नाम्चेमा नबिलको व्यवसाय विस्तार मात्रै नभई समुदायस्तरमा काम गर्ने ध्येय नबिल बैंकको रहेको बताए। ‘नबिल बैंकले समुदायसँग मिलेर काम गर्नमा विश्वास राखेको छ र नाम्चेमा शाखा खोल्नु हाम्रो लागि खुसीको क्षण हो,’ उनले भने।

नबिल बैंकका सिईओ ज्ञानेन्द्रप्रसाद ढुंगानाले नाम्चे क्षेत्रमा सहज वित्तीय पहुँच दिने र गुणस्तरीय बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले शाखा खोलिएको बताए। ‘हामी यस क्षेत्रको आर्थिक आवश्यकता पूरा गर्न सेवाग्राहीलाई उत्कृष्ट सेवा दिनको लागि हाम्रो प्रयास रहनेछ,’ ढुंगानाले भने।

प्रकाशित: १ असोज २०८० १२:३२ | Monday, September 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast