धरानका उपमेयरको घरमा तोडफोड

हिमाल प्रेस २७ भदौ २०८० ६:५५ | Wednesday, September 13, 2023
धरानका उपमेयरको घरमा तोडफोड

काठमाडौँ- धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाको घर अज्ञात समूहले तोडफोड गरेका छन्।

धरान –१५ खिरिया बस्तीमा बेघाको घर छ।

तोडफोडबाट बेघाको घरको झ्यालको सिसा फुटेको स्थानीयले बताएका छन्। उपमेयर बेघाको कान्छा भाइ विष्णुलाई आक्रमण गर्न आएको अराजक समूहले घर तोडफोड गरेको बताइएको छ।

घर तोडफोड गर्न थालेपछि तत्काल प्रहरीलाई खबर गर्दासमेत प्रहरी नपुगेको उपमेयर बेघाले बताएका छन्।

 

प्रकाशित: २७ भदौ २०८० ६:५५ | Wednesday, September 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast