देशलाई दुर्घटनाबाट जोगाउन राजालाई ‘स्पेस’ दिनुपर्छ : लिङ्देन

हिमाल प्रेस २७ भदौ २०८० १७:४२ | Wednesday, September 13, 2023
देशलाई दुर्घटनाबाट जोगाउन राजालाई ‘स्पेस’ दिनुपर्छ : लिङ्देन राजेन्द्र लिङ्देन /फाएल तस्बिर

काठमाडौँ- राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई दुर्घटनाबाट जोगाउन नयाँ सम्झौता गरेर राजालाई ‘स्पेस’ दिनुपर्ने बताएका छन्।

पार्टीले बुधबार काठमाडौँमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै लिङ्देनले राजालाई अभिभावकीय भूमिकामा राखेर देशलाई दुर्घटनाबाट जोगाउनका लागि नयाँ सम्झौता गर्न दलहरूलाई आग्रह गरेका हुन्।

उनले २०६२/६३ को राजनीतिक परिवर्तनपछि दिल्लीको १२ बुँदे सम्झौतको भरिया बनेर आएको भन्दै यही गलत बाटोलाई अघि बढाउन खोजे देश गम्भीर दुर्घटनामा फस्ने दाबी गरे। दलहरू सुध्रने संकेत नदेखिए राप्रपाले नयाँ संघर्षको नेतृत्व गर्ने चेतावनी दिए।

उनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने र प्रदेश तह खारेज गर्नुपर्ने बताए। जनतालाई धर्मनिरपेक्षता, गणतन्त्र, संघीयताको भारी बोकाइएको र देशलाई दलहरूले सिन्डिकेटको सिकार बनाएकाले त्यसलाई उल्टाउन जनताले काठमाडौं घेर्ने तयारी गरिरहेको बताए।

प्रकाशित: २७ भदौ २०८० १७:४२ | Wednesday, September 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast