देशभरका सबै स्वास्थ्य संस्था आइतबार बन्द

हिमाल प्रेस ३० भदौ २०८० २३:१४ | Saturday, September 16, 2023
देशभरका सबै स्वास्थ्य संस्था आइतबार बन्द

काठमाडौँ- नेपाल चिकित्सक संघले आइतबार देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पाल तथा क्लिनिकमा आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रूपमा बन्द गरिने घोषणा गरेको छ।

संघले शनिबार विज्ञप्ति प्रकाशित गरी यस्तो घोषणा गरेको हो। संघका आजीवन सदस्यद्वय डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि आक्रमण गर्नेमाथि कारबाहीको दबाब दिन संघले स्वास्थ्य संस्था बन्द गर्ने घोषणा गरिएको जनाएको छ।

भदौ २७ गते सन्चो अस्पताल हेटौँडामा बिरामीको उपचार गरिरहेको अवस्थामा ती चिकित्सकमाथि आक्रमण गरी घाइते बनाइएको थियो।
घटनाका सम्बन्धमा संघले ७२ घण्टाको अल्टिमेटम दिई दोषीमाथि कानुनी कारबाही गर्न माग गरेको थियो। नेपाल सरकारले सम्पूर्ण दोषीहरूलाई कानुनी दायरामा नल्याएको हुनाले बाध्यताबस कार्यक्रम घोषणा गर्न बाध्य भएको विज्ञप्तिमा उल्लेख छ।

बाध्यात्मक परिस्थितिमा घोषणा गरिएका आन्दोलनलाई पूर्ण रूपमा सफल तुल्याई संघका सम्पूर्ण मागहरूको कार्यान्वयन गराउनका लागि दबाबस्वरूप देशभरका सम्पूर्ण स्वास्थ्य संस्था, अस्पताल तथा मेडिकल कलेजहरू, नेपाल चिकित्सक संघका सम्पूर्ण शाखा कार्यालयहरू, सम्पूर्ण विशेषज्ञ समाजलाई यथोचित कार्यान्वयन गर्न गराउन संघले आग्रह गरेको छ।

प्रकाशित: ३० भदौ २०८० २३:१४ | Saturday, September 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast