देशभरका गणित शिक्षकलाई पाठ्यवस्तुमा आधारित तालिम

हिमाल प्रेस १३ असोज २०८० १६:२२ | Saturday, September 30, 2023
देशभरका गणित शिक्षकलाई पाठ्यवस्तुमा आधारित तालिम

काठमाडौँ- ‘नेपाल गणित समाज’को दोस्रो चरणको प्रशिक्षक प्रशिक्षण शनिबारदेखि सुरु भएको छ। देशका सातै प्रदेशबाट प्रतिनिधित्व हुनेगरी ५१ जना गणित शिक्षकलाई प्रशिक्षण सुरु गरिएको हो।

असोज २३ गतेसम्म अनलाइनबाट र असोज २६ गतेदेखि २९ गतेसम्म भौतिक उपस्थितिमा प्रशिक्षण दिइने सहजकर्ता सुस्मिता पाठकले जानकारी दिइन्। उनका अनुसार माध्यमिक तहका कक्षा ९ देखि १२ सम्मका गणितका महत्त्वपूर्ण पाठ्यवस्तु र त्यसको अध्ययन अध्यापनलाई प्रभावकारी र उपादेयतापूर्ण बनाउने विषयमा प्रशिक्षण दिइनेछ।

सहभागीलाई ६ अलगअलग समूहमा विभाजन गरी शैक्षिक शैली सिकाइने र उनीहरूलाई पनि प्रस्तुतीकरण तथा परीक्षाका शृंखला समावेश गराइने तालिमका संयोजक डा. जीवन काफ्लेले बताए।

यसबाट सिकाइ थप प्रभावकारी हुने विश्वास लिइएको उनको भनाइ थियो। निक सिमोन्स फाउन्डेसनको सहयोगमा विगत केही वर्षदेखि समाजले गणितको अध्ययन/अध्यापन तथा अनुसन्धानसँग सम्बन्धित कार्यक्रम तथा गतिविधि सञ्चालन गरिरहेको छ।

हाल गणितको अध्यापनमा देखिएका समस्या, विद्यार्थीको विषयप्रतिको घट्दो रुची तथा पढ्दै गरेकाहरूले पनि उक्त तह पूरा नगर्ने, बीचैमा विषय बदल्ने गरेको वर्तमान अवस्थालाई मध्यनजर गरेर तालिम दिन लागिएको संयोजक काफ्लेले बताए।

नेपाल शिक्षक महासंघका सभापति कमला तुलाधरले तालिमबाट प्राप्त ज्ञान कक्षा कोठासम्म पुग्ने विश्वास व्यक्त गरे। उनले यस्ता तालिमलाई पालिकास्तरसम्म पुर्‍याएर प्रभावकारी शिक्षण शैली विकास गर्नुपर्नेमा जोड दिए। समाजले गत वर्ष पनि यस्तै प्रकृतिको पहिलो चरणको शैक्षिक कार्यशाला गरेको थियो। रासस

प्रकाशित: १३ असोज २०८० १६:२२ | Saturday, September 30, 2023

प्रतिक्रिया

One thought on “देशभरका गणित शिक्षकलाई पाठ्यवस्तुमा आधारित तालिम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast