‘देउता’ बनाउन व्यस्त मूर्तिकार

दिपेश श्रेष्ठ २५ भदौ २०८० १२:४६ | Monday, September 11, 2023
‘देउता’ बनाउन व्यस्त मूर्तिकार

काठमाडौँ-  प्रत्येक वर्ष असोज १ गते विश्वकर्मा पूजा गर्ने चलन छ। त्यस दिन पूजाका लागि राजधानीमा धमाधम विश्वकर्माको मूर्ति बनाउने काम भइरहेको छ। ललितपुर महानगरपालिकाको कुपण्डोल, गुसिंगाल, सानेपालगायतका ठाउँमा भारतको कोलकाताबाट आएका मूर्तिकारहरू व्यस्त भएका हुन्।

उनीहरू चाडबाडको समयमा करिब ६ महिना काठमाडौँमै रहन्छन्। यस क्रममा ग्राहकको मागअनुसार गणेश, विश्वकर्मा, दुर्गालगायत विभिन्न देवीदेवताको मूर्ति बनाउने  उनीहरू बताउँछन्।

माटोलाई मूर्तिको आकार दिने, रङ लगाउने सबै काम यहीँ हुन्छ। कारखानामा ग्राहकको मागअनुसार सानाठूला गरी १६० वटा मूर्ति तयार पारिँदैछ। यहाँ बनिरहेको मूर्ति आकारअनुसार १० हजार रुपैयाँदेखि १५ हजार रुपैयाँसम्म पर्ने कलाकारहरू बताउँछन्। कलाकार समूहका मूर्तिकार राजाका अनुसार मूर्ति बनाउन आवश्यक माटो, रङ, सजावटको सामान सबै कच्चापदार्थ भारतबाट ल्याइन्छ। गुसिंगालस्थित गोपीनाथ शिल्पालयमा कलकत्ताबाट आएका १२ जनाको समूह विश्वकर्माको मूर्ति बनाउने काम गरिरहेका छन्।

 

प्रकाशित: २५ भदौ २०८० १२:४६ | Monday, September 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast