दाङमा टिमुर उत्पादन घट्यो

हिमाल प्रेस ४ असोज २०८० १३:३१ | Thursday, September 21, 2023
दाङमा टिमुर उत्पादन घट्यो

घोराही- दाङमा टिमुरको उत्पादनमा कमी आएको छ। आर्थिक वर्ष २०७८/७९ को तुलनामा आव २०७९/८० मा दोब्बरले टिमुरको उत्पादनमा कमी आएको हो।

दाङबाट आव २०७८/७९ मा २ लाख ४१ हजार ७४२ किलो टिमुर विक्री भएको थियो। आव २०७९/८० मा १ लाख ५ हजार ९०६ किलोमात्रै टिमुर बिक्री भएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत भक्तबहादुर चौधरीले जानकारी दिए।

चौधरीका अनुसार आव २०७८/७९ मा राष्ट्रिय वनबाट २९ हजार ५५० किलो र निजी वनबाट २ लाख १२ हजार १९२ किलो टिमुर जिल्ला बाहिर पठाइएको थियो। गत आव २०७९/८० मा राष्ट्रिय वनबाट १३ हजार किलो र निजी वनबाट ७२ हजार ९०६ किलो विक्री भएको छ। हिउँदमा पानी नपर्दा टिमुर उत्पादनमा कमी आएको चौधरीले बताए।

टिमुर उत्पादनका लागि दाङलाई पकेट क्षेत्रका रूपमा लिने गरिन्छ। टिमुर पकेट क्षेत्रअन्तर्गत जिल्लाको बङ्गलाचुली गाउँपालिकासहित घोराही र तुलसीपुर उपमहानगरपालिकाको पहाडी क्षेत्रमा टिमुर खेती हुने गरेको छ। राष्ट्रिय वन क्षेत्रबाट उत्पादित टिमुरबाट राजस्व लिने गरिन्छ भने निजी वनबाट उत्पादन भएको टिमुरको राजस्व लिने नगरिएको सहायक वन अधिकृत चौधरीको भनाइ छ।

-रासस

प्रकाशित: ४ असोज २०८० १३:३१ | Thursday, September 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast