दराज एपमा किनमेलसँगै अब खेल पनि खेल्न पाउने

हिमाल प्रेस ९ असोज २०८० १९:०६ | Tuesday, September 26, 2023
दराज एपमा किनमेलसँगै अब खेल पनि खेल्न पाउने

काठमाडौँ- दराज एपका प्रयोगकर्ताले अब अनलाइन किलमेलसँगै खेल पनि खेल्न पाउने भएका छन्। दराज नेपालले आफ्ना ग्राहकलाई मनोरञ्जन प्रदान गर्दै प्रयोगकर्तालाई एपमा थप संलग्न गराउने उद्देश्यले ‘दराज क्यान्डी’ नामक अनलाइन खेल मंगलबार सार्वजनिक गरेको हो।

दराज एपका प्रयोगकर्ताले सजिलै खेल खेल्न सक्ने र तीन वा तीनभन्दा बढी एकै रङका क्यान्डीहरू एकै ठाँउमा मिलाउनुपर्ने दराजले जानकारी दिएको छ।

‘मिलाए पछि मिलेका क्यान्डीहरू हराउँछन् र माथिका बाँकी क्यान्डीहरू खाली ठाँउमा झर्छन्,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो खेलबाट प्रयोगकर्ताले जेम् प्राप्त गर्न सक्छन् जुन उनीहरूको खेलको आधारमा हरेक दिन उनीहरूलाई प्रदान गरिन्छ।’

दराज लोयल्टी क्लबका सदस्यले यो जेम्‌को प्रयोग गरी दराजका सामानमा छुट पाउने पनि कम्पनीले जानकारी दिएको छ।

प्रकाशित: ९ असोज २०८० १९:०६ | Tuesday, September 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast