काठमाडौँ- दक्षिण सुडानमा नेपाली शान्ति सैनिकहरू अदलीबदली गरिएको छ। यूएन मिसनअन्तर्गत दक्षिण सुडानमा तैनाथ शेर गणको बाह्रौँ डफ्फा बदली गर्न तारादल गणको तेह्रौँ डफ्फाका ९१ शान्ति सैनिक बुधबार मिसन इलाकातर्फ प्रस्थान गरेका छन्।
सेनानी डम्मरबहादुर पुनको नेतृत्वमा संयुक्त राष्ट्र संघको चार्टर्ड विमानद्वारा प्रस्थान गरेको उक्त टोली तारादल गणको अन्तिम टोली हो।गणपति, प्रमुख सेनानी अनिल केसीको कमाण्डमा रहेको सो गणका ६०९ जना सकलदर्जा यस अगावै मिसन इलाका पुगिसकेका छन्।
शेर गणको बाह्रौँ डफ्फाका शान्ति सैनिक बुधबार फर्किएका छन्।
प्रकाशित: ११ असोज २०८० २०:१० | Thursday, September 28, 2023
प्रतिक्रिया




