तनहुँका ८ स्थानीय तहमा हेलिप्याड

हिमाल प्रेस २५ भदौ २०८० १५:२८ | Monday, September 11, 2023
तनहुँका ८ स्थानीय तहमा हेलिप्याड

दमौली- तनहुँका १० स्थानीय तहमध्ये ८ स्थानीय तहमा हेलिप्याड बनाइएको छ। विपद् व्यवस्थापन र खोज उद्धार कार्यका लागि १० स्थानीय तहमध्ये ८ स्थानीय तहमा हेलिप्याड निर्माण गरिएको हो।

ठूला विपद्का घटना भएमा स्थानीयमा सजिलैसँग खाद्यान्न, लत्ताकपडा, औषधि, उपचार सामग्री पुर्‍याउन हेलिकप्टर अवतरण गर्नसक्ने गरी हेलिप्याड निर्माण गरिएको विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए।

विपद्का बेला तत्कालै सम्बन्धित ठाउँमा पुगेर उद्धार तथा व्यवस्थापन सहज बनाउन हेलिप्याड निर्माण गरिएको प्रजिअ रिजालले बताए। प्रशासन कार्यालयले तयार गरेको विपद् प्रतिकार्य योजनामा उल्लेख भएअनुसार ऋषिङ गाउँपालिका र म्याग्दे गाउँपालिकामा हेलिप्याड छैन।

अन्य ८ स्थानीय तहका ३८ ठाउँमा हेलिप्याड छन्। व्यास नगरपालिकामा ६, भानु नगरपालिकामा ७, भिमाद नगरपालिकामा १, शुक्लागण्डकी नगरपालिकामा १, देवघाट गाउँपालिकामा ८, आँबुखैरेनी गाउँपालिकामा १, बन्दीपुर गाउँपालिकामा १३ र घिरिङ गाउँपालिकामा १ हेलिप्याड रहेको छ।

आँबुखैरेनी गाउँपालिका–२ को ढकालटार, भिमाद नगरपालिका–६ रंगशाला, देवघाट गाउँपालिका–१ को कोटा, वडा नं २ को कोटबैदी, ५ को क्युदी र १ को तिंगारमा हेलिप्याड बनाइएको छ।

व्यास नगरपालिका–१ को निर्मल माविको खेल मैदान, ३ को दमौली खेल मैदान, ५ को आर्मी ब्यारेक, १२ को कोटकालिका मन्दिर, १४ को केशवटार माविको मैदान र ठीन टुँडिखेलमा हेलिप्याड छ।

भानु नगरपालिका–१ र ५ मा हेलिप्याड छ। बन्दीपुर गाउँपालिका–१ को बानियाँटार, विष्णु मावि, छाप खेल मैदान, २ को भुमर्से खेल मैदान, ३ को कालिका मावि, शिव मावि, ४ को टुँडिखेल, ५ को विमलनगर, झारगाउँ खेल मैदान, कल्चोक खेल मैदान, ६ को धरमपानी र साराङघाटमा हेलिप्याड बनाइएको छ।

घिरिङ गाउँपालिका–३ को डाँडाथोक करङसोरा, शुक्लागण्डकी नगरपालिका–७ को श्री नं ३ बाहिनी अड्डामा हेलिप्याड बनाइएको छ। जिल्लाका अधिकांश स्थानीय तहमा आश्रयस्थल छैन।

सात स्थानीय तहमा आश्रयस्थल नरहेको र त्यस्ता ठाउँमा आकस्मिक अवस्थामा सामुदायिक भवन तथा विद्यालय प्रयोग गर्न सकिने सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए।

व्यास नगरपालिका, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी गाउँपालिका, घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका र म्याग्दे गाउँपालिकामा आश्रयस्थल नरहेको प्रशासन कार्यालयले जनाएको छ।

भानु नगरपालिकामा ५, देवघाट गाउँपालिकामा ३ र बन्दीपुर गाउँपालिकाका ६ ठाउँमा आश्रयस्थल छन्। सहायक प्रजिअ गैरेले भने, ‘अधिकांश स्थानीय तहमा आश्रयस्थल नरहेका तर ती स्थानीय तहमा सामुदायिक भवन विद्यालयलाई आश्रयस्थलका रूपमा प्रयोग गर्न सकिनेछ।’

जिल्लाका अधिकांश स्थानीय तहमा आपतकालीन आश्रस्थल छन्। व्यास नगरपालिकामा १०, भानु नगरपालिकामा २०, भिमाद नगरपालिकामा ४, शुक्लागण्डकी नगरपालिकामा १२, देवघाट गाउँपालिकामा ४, आँबुखैरेनी गाउँपालिकामा ४, बन्दीपुर गाउँपालिकामा ६, ऋषिङ गाउँपालिकामा ५ र म्याग्दे गाउँपालिकामा ८ ठाउँमा आपतकालीन आश्रस्थल छन्। रासस

प्रकाशित: २५ भदौ २०८० १५:२८ | Monday, September 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast