टीभीएस नेपालको हर मोडमा उमंग अफर सार्वजनिक

हिमाल प्रेस २९ भदौ २०८० १२:२४ | Friday, September 15, 2023
टीभीएस नेपालको हर मोडमा उमंग अफर सार्वजनिक

काठमाडौँ- नेपालका लागि टीभीएस स्कुटर तथा मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘हर मोडमा उमंग’ अफर सार्वजनिक गरेको छ। यसअन्तर्गत ग्राहकले टीभीएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा १० लाखसम्म जित्ने मौका प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

त्यसका साथै स्कुटर वा मोटरसाइकल खरिद नगर्दै एक लाख जित्ने मौकासमेत छ। हरेक महिना १०० प्रतिशत क्यास ब्याक जित्ने अवसरका साथै एक जनाले बम्परमा १० लाखसम्म जित्ने अवसर रहेको छ। एक्सचेन्जमा १० हजार थप मूल्यांकन, शून्य प्रतिशत ब्याजदर र २५ प्रतिशत डाउनपेमेन्टमा मोटरसाइकल तथा स्कुटर खरिद गर्न सकिने सुविधा पनि यसअफरअन्तर्गत छ। भदौ २८ गतेबाट सुरु भएको योजना चाडपर्वको अवधिभर लागू हुनेछ।

प्रकाशित: २९ भदौ २०८० १२:२४ | Friday, September 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast