 
                             
                                            काठमाडौँ- नबिल बैंकले टाटाको जेन्युइन पार्टपुर्जा र टाटा मोटर्स जेन्युइन आयलका खुद्रा विक्रेताहरुलाई सस्तो र सहज वित्तीय सुविधा उपलब्ध गराउने भएको छ।
टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयलको नेपालको आधिकारिक विक्रेता सिप्रदी अटो पार्टस् प्रालि र नबिल बैंकबीच सहकार्य गर्ने सम्झौता गरिएको छ।
सिप्रदीका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकी र नबिल बैंकका एसएमई तथा माइक्रोफाइनान्स प्रमुख अमित श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौता कार्यक्रममा काठमाडौँ उपत्यकाका खुद्रा विक्रेता तथा टाटा गुरुहरूको पनि उपस्थिति रहेको कम्पनीले जानकारी दिएको छ।
                            प्रकाशित: २५ भदौ  २०८० २०:०५ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 