काठमाडौँ- नेपालमा टर्किस पर्फ्युम ब्रान्ड निसनेका उत्पादनको विक्री सुरु भएको छ। नेपाली बजारमा ब्रान्डेड पर्फ्युम विक्री गर्दै आइरहेको इना सेन्टरले निसने ब्रान्डका पर्फ्युम भित्र्याएको हो।
इना सेन्टरले नेपालमा ३० वर्षदेखि अन्तर्राष्ट्रिय ख्याति प्राप्त ब्रान्डका पर्फ्युम आयात तथा विक्री वितरण गर्दै आएको छ। न्यूरोड, सिभिल मल, दरबार मल तथा बबरमहल रिभिजिटेडमा रहेको शोरुमबाट निसने ब्रान्डका पर्फ्युम विक्री हुने इना सेन्टरका प्रबन्ध निर्देशक उद्धव बर्तौलाले जानकारी दिए।
इनाले हाल क्लिभ क्रिष्टियन, लिक्विड्स इमेजिनरिज, टिजियाना, एसेन्सियल, भिक्यान्टोलगायत ब्रान्डका पफ्र्युम विक्री गर्दै आइरहेको छ।
प्रकाशित: २ असोज २०८० १५:४४ | Tuesday, September 19, 2023
प्रतिक्रिया



