झन्डै एक किलो सुनसहित तीन जना पक्राउ

हिमाल प्रेस २६ भदौ २०८० १७:३८ | Tuesday, September 12, 2023
झन्डै एक किलो सुनसहित तीन जना पक्राउ

काठमाडौँ– सोमबार विहान ९:२५ बजेको समयमा दुबईबाट हिमालयन एयरलाइन्सद्वारा काभ्रेका बाबुलाल दोङ नेपाल आएका थिए। उनी काठमाडौँ झर्ने वित्तीकै प्रहरीमा सुन तस्करी भएको सूचना आयो। प्रहरी टोली ११ बजे पुग्दा उनी विमानस्थलको सडक पेटीमा डुलिरहेका थिए। शंका लागेपछि प्रहरीले समात्यो।

भन्सार छलेर अवैध सुन लुकाइछिपाइ ल्याएको भन्ने विशेष सुचनाका आधारमा तस्कर खोज्न जिल्ला प्रहरी परिसर काठमाडौँको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थाल पुगेको थियो। सोधपुछ गर्दा सुन मलद्वारमा लुकाएर ल्याएको खुलाए। त्यसपछि सुन निकाल्न उनलाई प्रहरी वृत्त गौशालामा लगियो। गौशालामा उनको मलद्वारबाट सुन निकालियो। कालो टेपले बेरिएको २ वटा लाम्चो र डल्लो सुन भेटियो।

एक्लैले घटना घटनाएको होइन भन्ने निष्कर्षमा उक्त घटनाको थप अनुसन्धानमा प्रहरी सक्रिया भयो। उनको बयानका अधारमा केही व्यक्तिहरूको नाम खुल्यो। खोजतलास गर्ने क्रममा आज काठमाडौँको ढल्कुस्थित बिगमार्टको पार्किङमा थप दुई व्यक्तिहरू पक्राउ परे। थप पक्राउ पर्नेमा काभ्रेकै ३३ वर्षका जगत लामा र सोह जिल्लाको महाभारत गाउँपालिका बस्ने ३६ वर्षका मिङ्मा दोर्जे स्याङ्तान रहेका खुलेको छ।

उनीहरूलाई आवश्यक कारबाहीका लागि आजै भन्सार कार्यालय पठाइएको परिसरका प्रहरी नायब उपरीक्षक अनिल अधिकरीले बताए। उनीहरूको साथबाट झण्डै एक किलो सुन (९६० ग्राम) बरामद गरिएको छ। यस्तै हिमालयन एयरलाइन्सको टिकट, क्रेटा गाडी, बुलेट मोटरसाइकल पनि बरामद गरिएको छ।

प्रकाशित: २६ भदौ २०८० १७:३८ | Tuesday, September 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast