जसपा नेतालाई दुर्व्यवहार गर्ने ३ जना नगर प्रहरी कामबाट हटाइए

हिमाल प्रेस २ असोज २०८० १८:५४ | Tuesday, September 19, 2023
जसपा नेतालाई दुर्व्यवहार गर्ने ३ जना नगर प्रहरी कामबाट हटाइए

इटहरी- विराटनगर महानगरपालिकाले ३ जना नगर प्रहरीलाई जागिरबाट हटाएको छ। जनता समाजवादी पार्टी मोरङका अध्यक्ष राजकुमार यादवलाई दुर्व्यवहार गरेको भन्दै महानगरले ३ जनालाई कारबाहीस्वरूप कामबाट हटाएको हो।

जागिरबाट हटाइएकाहरूमा नगर प्रहरी हवल्दार रमेश निरौला, जवानहरू विक्रम श्रेष्ठ र बब्लु केशरी रहेका छन्। भदौ २७ गते ४:३० बजे विराटनगर महानगरपालिका क्षेत्रमा ट्राफिक व्यवस्थापनका लागि खटिएका नगर प्रहरीले यादवलाई हातपात गरेको आरोप छ।

पार्किङको विषयमा विवाद भएपछि यादवमाथि नगर प्रहरीले लछारपछार पार्दै हातपात गरेका थिए। कोशी अस्पताल अगाडि रहेको स्नेहा फार्मेसी अगाडि सिटीलाई नगर प्रहरीले ह्वील लक गरेको थियो।

ह्वील लकका विषयमा फार्मेसीका सञ्चालक तथा जनता समाजवादी पार्टी मोरङका अध्यक्षसमेत रहेका यादवसँग विवाद भएको थियो। विवादका क्रममा हातपात गरेको भन्दै महानगरपालिका प्रमुख नागेश कोइरालाले ३ जना नगर प्रहरीलाई सोमबारबाट लागू हुने गरी जागिरबाट हटाएको पत्र थमाएका हुन्।

प्रकाशित: २ असोज २०८० १८:५४ | Tuesday, September 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast