जसपाको थरुहट राष्ट्रिय समिति गठन

हिमाल प्रेस २८ भदौ २०८० १७:२१ | Thursday, September 14, 2023
जसपाको थरुहट राष्ट्रिय समिति गठन

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालको पहिचानमा आधारित थरुहट राष्ट्रिय समिति (सुदूरपश्चिम प्रदेश) गठन भएको छ। कैलालीको धनगढीमा सम्पन्न प्रदेशस्तरीय विस्तारित बैठकले जनक चौधरीको अध्यक्षतामा थरुहट राष्ट्रिय समिति (सुदूरपश्चिम प्रदेश) गठन गरेको छ। साथै बैठकबाट प्रदेश अनुशासन आयोगको अध्यक्षमा चन्द्रप्रकाश चौधरी र निर्वाचन आयोगको अध्यक्षमा घनश्याम कुश्मी चयन भएका छन्।

पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा पार्टीका केन्द्रीय सदस्य, केन्द्रीय निकायका पदाधिकारी तथा सदस्य, संघीय परिषद् सदस्य, प्रदेश कार्यकारिणी समिति सदस्य, प्रदेश समिति सदस्य, प्रदेश तथा जिल्ला तहका अगुवा नेताकार्यकर्ताको उपस्थिति थियो।

प्रकाशित: २८ भदौ २०८० १७:२१ | Thursday, September 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast