च्याटजीपीटीले अब २०२१ सेप्टेम्बरपछिका जानकारी पनि दिने

हिमाल प्रेस ११ असोज २०८० २०:३० | Thursday, September 28, 2023
च्याटजीपीटीले अब २०२१ सेप्टेम्बरपछिका जानकारी पनि दिने

न्युयोर्क- ‘जेनेरेटर प्लेटफर्म एआई (च्याटजीपीटी)’ले अब इन्टरनेटबाट सिधै जानकारी ल्याउन वा अद्यावधिक जानकारी संकलन गर्न सक्ने दाबी गर्दै सफ्टवेयरका लागि यो सफलता एक बृहत् कोसेढुंगा भएको यसको निर्माता ‘ओपनएआई’ले जानकारी गराएको छ।

अहिलेसम्म, प्रयोगकर्ताका प्रश्नहरूमा च्याटजीपीटीको प्रतिक्रियाहरू पुराना जानकारीमा आधारित थिए। जसमा अगस्त २०२१ पछिको जानकारी समावेश गरिएको थिएन।

‘च्याटजीपीटीले अब स्रोतहरूसँग सीधा लिंकहरूसहित इन्टरनेटमा खोजी गरेर वर्तमान र आधिकारिक जानकारी प्रदान गर्नेछ,’ ओपनएआईले सामाजिक सञ्जाल एक्स (ट्वीटर)मार्फत् सार्वजनिक गरेको सूचनामा उल्लेख छ, ‘यो अब सेप्टेम्बर २०२१ भन्दा अघिको जानकारीमा मात्र सीमित छैन।’

नवीनतम सुविधाले वेबसाइटहरूसँग च्याटजीपीटीले अन्तरक्रिया तथा नियन्त्रणका लागि अनुमति दिने पनि सूचनामा उल्लेख छ। रासस/एएफपी

प्रकाशित: ११ असोज २०८० २०:३० | Thursday, September 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast