चिकित्सकहरूको नारा : नेता गफ चुट्ने, बिरामी डाक्टर कुट्ने [फोटो फिचर]

दिपेश श्रेष्ठ ९ असोज २०८० १३:०० | Tuesday, September 26, 2023
चिकित्सकहरूको नारा : नेता गफ चुट्ने, बिरामी डाक्टर कुट्ने [फोटो फिचर]

काठमाडौँ- लगातार आक्रमण हुन थालेपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्। काठमाडौँका प्रमुख अस्पतालका आवासीय चिकित्सकहरू चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका हुन्। वीर, त्रिवि शिक्षण, पाटनलगायतका अस्पतालका चिकित्सकहरूले मंगलबार माइतीघरमा प्रदर्शन गरेका छन् ।

आन्दोलनमा रहेका चिकित्सकहरूले ‘डाक्टर कुट्न पाइँदैन, एनएमए होसियार’ जस्ता नारा लगाउँदै गृहमन्त्री र स्वास्थ्यमन्त्रीको राजीनामा माग गरेका छन्। पछिल्लो समय पोखरा र चितवनमा चिकित्सकमाथि सुरक्षाकर्मीकै अगाडि कुटपिटका घटना भएका थिए। पोखराको घटना त आज पनि सुल्झिएको छैन।

 

प्रकाशित: ९ असोज २०८० १३:०० | Tuesday, September 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast