चिकित्सकमाथि हातपात गर्ने चारजना पक्राउ

हिमाल प्रेस २८ भदौ २०८० १५:०३ | Thursday, September 14, 2023
चिकित्सकमाथि हातपात गर्ने चारजना पक्राउ सांकेतिक तस्बिर।

काठमाडौँ- सञ्चो अस्पताल हेटौँडामा कार्यरत चिकित्सकहरू डा विकास थापा र डा प्रशान्त विडारीमाथि भएको कुटपिटको घटनामा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। मकवानपुरका प्रहरी प्रवक्ता एवं डीएसपी लक्ष्मी भण्डारीका अनुसार कुटपिटमा संलग्न मृतककी श्रीमती श्रीमती रमा, छोरा रोहित, छोरी रमिता र भतिजा अनुप पक्राउ परेका हुन्।

बुधबार चिकित्सकहरूमाथि अस्पतालभित्रै आक्रमण भएको थियो। गत २२ साउनमा मकवानपुर सिक्रेनीका राजेश प्रधान उपचारका लागि सो अस्पतालमा भर्ना भएका थिए। ४१ वर्षीय प्रधानलाई डेंगु लगायतका समस्या भएको परिवारको आशंका थियो। अस्पतालमा जाँच गर्दा डेंगु नेगेटिभ देखिएको थियो।

तर बिरामी पक्षलाई नेगेटिभ रिपोर्टमाथि शंका लाग्यो र उनीहरूले अन्यत्र लैजाने भनेपछि अस्पतालले २३ साउन अर्थात् भोलिपल्ट डिस्चार्ज गरेको थियो। बिरामीपक्षले त्यहाँबाट भरतपुरस्थित चितवन मेडिकल कलेजमा लगेर उपचार गराए। तर २५ भदौमा प्रधानको मृत्यु भयो।

सञ्चो अस्पतालमा राम्रोसँग उपचार नगरेकै कारण बिरामी मृत्यु हुने भएको आरोप मृतकका परिवारको छ।

प्रकाशित: २८ भदौ २०८० १५:०३ | Thursday, September 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast