घिसिङ चीन प्रस्थान

हिमाल प्रेस ४ असोज २०८० ७:२५
घिसिङ चीन प्रस्थान

काठमाडौँ–राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुन आज चीनको हाङझाव प्रस्थान गरेका छन्।

सदस्य–सचिव घिसिङलाई राखेपका निमित्त सदस्य–सचिव प्रकाशकुमार कुसारी र प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्लले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे।

हाङझाव एसियाडमा सहभागी हुन टेबलटेनिस, फेन्सिङ र सुटिङ टोली पनि आजै चीन प्रस्थान गरेको छ। हाङझाव एसियाड यही असोज ६ गतेदेखि औपचारिकरूपमा सुरु हुँदैछ।

प्रकाशित: ४ असोज २०८० ७:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast