छानोबाट खसेर २२ महिने बालकको मृत्यु

हिमाल प्रेस ९ असोज २०८० ६:४५ | Tuesday, September 26, 2023
छानोबाट खसेर २२ महिने बालकको मृत्यु प्रतिनिधिमूलक तस्बिर।

तनहुँ- तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा घरको छानोबाट खसेर २२ महिनाको बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मनीष सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

घरको छानोमा खेल्दै गरेको अवस्थामा खसेका उनको उपचारका क्रममा पोखरामा मृत्यु भएको हो।

तत्कालै उनलाई दमौली अस्पतालमा प्राथमिक उपचार पश्चात् पोखरा पठाइएको थियो। प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ। रासस

प्रकाशित: ९ असोज २०८० ६:४५ | Tuesday, September 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast