ग्लोबल आइएमई बैंकले ह्याभलका गाडीमा कर्जा लगानी गर्ने

हिमाल प्रेस ३ असोज २०८० १७:२१ | Wednesday, September 20, 2023
ग्लोबल आइएमई बैंकले ह्याभलका गाडीमा कर्जा लगानी गर्ने

काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेड र नेपालका लागि ह्याभल गाडीको आधिकारिक बिक्रेता भीजी इम्पेक्स प्रालिबीच सम्झौता भएको छ।

सम्झौताअनुसार बैंकले ह्याभलका गाडीमा सहुलियत ब्याजदरमा विद्युतीय तथा खनिज इन्धनमा आधारित सवारीमा कर्जा प्रवाह गर्नेछ। सम्झौतामा ग्राहकले कागजात पूरा गरेको तीन दिनमा कर्जा उपलब्ध गराउने उल्लेख गरिएको छ।
सम्झौतामा बैंकका साना तथा मझौला कर्जा विभाग प्रमुख रूपेन्द्र वाग्ले र भीजी इम्पेक्स प्रालिका उपाध्यक्ष रूपेश शर्मा भट्टले हस्ताक्षर गरेका छन्।

ग्लोबल आइएमई बैंक ७७ जिल्लामा शाखा खोल्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकले ३५० शाखा, ३६९ एटीएम, ३२२ शाखारहित बैंकिङ एकाइ, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिइरहेको छ।

प्रकाशित: ३ असोज २०८० १७:२१ | Wednesday, September 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast