ग्रिन टायरले थाल्यो शेर्पा सारथी टीटी बिक्री

हिमाल प्रेस २६ भदौ २०८० २०:३१ | Tuesday, September 12, 2023
ग्रिन टायरले थाल्यो शेर्पा सारथी टीटी बिक्री

काठमाडौं– नेपाली टायर उत्पादक कम्पनी ग्रिन टायर प्रालिले शेर्पा राथी टीटी टायर बिक्री थालेको छ।
कम्पनीले ट्रयाक्टर ट्रली तथा ट्रलीका लागि प्रयोग गरिने ९.००–२० र १०.००–२० साइजका शेर्पा सारथी टीटी टायर बिक्री थालेको हो।
नाडा अटो शो २०२३ को शुभारम्भको अवसरमा अर्थमन्त्री डा. प्रकाश शरण महतले औपचारिक रूपमा उक्त टायर सार्वजनिक गरे।
‘विशेष गरी ट्रली तथा ट्रयाक्टर ट्रलीमा प्रयोग हुने ९.००–२० र १०.००–२० का टायरहरु मोटो गोटी तथा लाइन गोटीमा १८ प्लाई रेटिङमा उपलब्ध छन्,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
उच्च गुणस्तरीय हेभी ड्युटी ती टायरमा कट रेसिस्टेन्स क्षमता भएकाले नेपाली माटो तथा बाटोका लागि उपयुक्त भएको कम्पनीका निर्देशक विकास सिंघानियाले जानकारी दिए।
उक्त टायर तुलनात्मक रूपमा सस्तो, सुलभ र गुणस्तरीय भएकाले बजार मागको ठूलो हिस्सा ओगट्ने विश्वास लिइएको सिंघानियाले बताए।

प्रकाशित: २६ भदौ २०८० २०:३१ | Tuesday, September 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast