 
                             
                                            काठमाडौँ- भारतको चर्चित होम अप्लाएन्स तथा रेफ्रिजेरेटर ब्रान्ड गोडरेजले दसैँ, तिहार तथा छठलाई लक्षित गर्दै ‘गज्जबको गोडरेज, कमालको अफर’ सार्वजनिक गरेको छ।
अफरअन्तर्गत ग्राहकले गोडरेजका विभिन्न होम एप्लाएन्सको खरिदमा आकर्षक क्यासब्याक तथा विशेष उपहारहरू पाउन सक्ने कम्पनीले जानकारी दिएको छ। अफर भदौ २६ गतेदेखि सुरु भइसकेको छ। अफरमा ग्राहकले कुनै पनि गोडरेजको सामानको खरिदमा २५ प्रतिशतसम्म छुट र अन्य आकर्षक उपहारहरु पाउन सक्ने छन्।
फ्रन्ट लोड वासिङ मेसिनको खरिदमा ६ केजी एरियल म्याटिक वासिङ पाउडर तथा टप लोड वासिङ मेसिन र सेमी अटोमेटिक वासिङ मेसिनको खरिदमा ३ लिटर एरियल म्याटिक वासिङ लिक्विड प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ।
कम्पनीको साइड बाइ साइड रेफ्रिजरेटर खरिद गर्दा सिजिको इन्डक्सन चुलो सित्तैमा पाउन सक्ने र सिंगल तथा डबल डोर रेफ्रिजरेटरको खरिदमा आकर्षक क्यासब्याक पाउन सकिनेछ।
गोडरेजको चेस्ट फ्रिजरको खरिदमा समेत आकर्षक क्यासब्याकको व्यवस्था रहेको कम्पनीको भनाइ छ। ‘साथै माईक्रोवेभ ओवनमा भने अति उपयोगी कुकिङ किट पाउन सकिनेछ। त्यस्तै गरी एयर कन्डिसनर खरिद गर्ने उपभोक्ताका लागि कम्पनीले सित्तैमा जडान गरिदिने भएको छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’ ‘कम्पनीले समान खरिद गर्ने ग्राहकका लागि फ्री डेलिभरी, फ्री इन्स्टलेसन सुविधा पनि प्रदान गरेको छ।’
शून्य प्रतिशतमा फाइनान्स सुविधा, पुराना भएका सामान फेरबदल गरी नयाँ सामान लान चाहने ग्राहकका लागि एक्सचेन्ज अफर सुविधा र चाडपर्वको अवसरमा सामान खरिद गर्ने ग्राहकले सिजि लोयल्टी क्लबको रिवार्ड प्रोग्रामअन्तर्गत लोयल्टी सदस्यहरूले ललितपुरस्थित होटल विभान्तामा २५ प्रतिशतसम्म छुट पाउनु सक्ने कम्पनीको भनाइ छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 