 
                             
                                            सुर्खेत- सुर्खेतका पत्रकार चिन्तामणी कंडेलले आफ्नो ३७औँ जन्मदिनको अवसरमा पत्रकारिता पुरस्कारका लागि अक्षयकोष स्थापना गरेका छन्। कंडेलले क्रियाशील पत्रकारिता पुरस्कारका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाको अक्षयकोष स्थापना गरेका हुन्।
विगत डेढ दशकदेखि पत्रकारितामा सक्रिय रहेका पत्रकार कंडेलले सक्रिय पत्रकारहरूको सम्मानमा हरेक वर्ष नेपाल प्रेस युनियन सुर्खेत शाखाको समन्वयमा पुरस्कार प्रदान गर्न आफूले जन्मदिनको अवसरमा फजुल खर्च कटौती गरेर अक्षय कोष स्थापना गरेको बताए।
नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका निवर्तमान सदस्यसमेत रहेका कंडेलले शनिबार नेपाल प्रेस युनियन सुर्खेत शाखाले आयोजना गरेको तीज सद्भाव कार्यक्रममा अक्षयकोषका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँको चेक हस्तान्त्रण गरे।
                            प्रकाशित: २३ भदौ  २०८० १९:१९ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 