कोलोम्बोमा विराट कोहलीको ८ इनिङ्स, ३ शतक

हिमाल प्रेस २४ भदौ २०८० ११:३३ | Sunday, September 10, 2023
कोलोम्बोमा विराट कोहलीको ८ इनिङ्स, ३ शतक

काठमाडौँ- सुपर फोरअन्तर्गत आइतबार दिउँसो भारत र पाकिस्तनबीच खेल हुँदैछ। श्रीलंकाको कोलोम्बोस्थित आर प्रेमदासा क्रिकेट मैदानमा खेल तय गरिएको छ। उक्त मैदान भारतीय क्रिकेटर विराट कोहलीलाई अत्यधिक मन पर्ने मैदानमध्ये एक हो।

उक्त मैदानमा कोहलीले खेलेका सबै खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन्। कोहलीले आर प्रेमदासा क्रिकेट मैदानमा ८ ओडीआई खेलेका छन्। उक्त खेलहरूमा उनले कुल ५१९ रन बनाएका छन्।

यहाँ खेलेका पछिल्लो तीन खेलमा कोहलीले शतक बनाएका छन्। यस्तो अवस्थामा पाकिस्तानी बलरका लागि कोहली चुनौती बन्न सक्छन्।

यसअघि समूह चरणमा भारत र पाकिस्तानले नेपाललाई हराएर सुपर फोरमा पुगेका हुन्। समूह चरणमा भएको भारत र पाकिस्तानबीच खेल वर्षाका कारण रद्द भएको थियो।

समूह चरणको खेलमा पहिले ब्याटिङ गरेको भारतले पाकिस्तानसँग कमजोर प्रदर्शन गरेको थियो। भारतका टप अर्डर ब्याटर रोहित शर्मा, विराट कोहलीलगायतले उल्लेखनीय प्रदर्शन गर्न सकेका थिएनन्।

सुपर फोरमा सम्भावित वर्षाका कारण यही टिमका लागिमात्रै ‘रिजर्व डे’ राखिएको छ।

प्रकाशित: २४ भदौ २०८० ११:३३ | Sunday, September 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast