काठमाडौँका यी स्थानमा आज सवारी चलाउन नपाइने

हिमाल प्रेस ११ असोज २०८० ६:२५ | Thursday, September 28, 2023
काठमाडौँका यी स्थानमा आज सवारी चलाउन नपाइने

काठमाडौँ- काठमाडौँका विभिन्न स्थानमा आजदेखि तीन दिन सवारी आवागमन प्रभावित हुने भएको छ। इन्द्रजात्राको अवसरमा आयोजना गरिने जात्राका कारण सवारी आवागमन प्रभावित हुने भएको हो।

काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै काठमाडौंको बसन्तपुर केन्द्रित सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक महत्वको पर्व भएका कारण सवारी साधन प्रवेशमा रोक लगाइएको बताएको छ।

जात्राको विशेष दिनहरूमा जात्रा हुने स्थानमा सवारी साधन सञ्चालनमा रोक लगाइएको महानगरको सूचनामा उल्लेख छ।

आज बसन्तपुर, मरु, चिंकमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान, मरु हुँदै बसन्तपुरसम्म सवारी साधन चलाउन पाइने छैन।

असोज १२ गते (भोलि) बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहनल, इन्द्रचोक, मखन, हनुमानढोका हुँदै बसन्तपुर क्षेत्रमा सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ।

त्यस्तै, असोज १५ गते बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, किलाघ, भेडासीं, इन्द्रचोक, मखन हुँदै बसन्तपुर क्षेत्रमा सवारी साधन चलाउन नपाइने बताइएको छ।

प्रकाशित: ११ असोज २०८० ६:२५ | Thursday, September 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast