काठमाडौँका यी क्षेत्रमा आजदेखि तीन दिन विद्युत् अवरुद्ध हुने

हिमाल प्रेस २९ भदौ २०८० ८:०५ | Friday, September 15, 2023
काठमाडौँका यी क्षेत्रमा आजदेखि तीन दिन विद्युत् अवरुद्ध हुने प्रतिनिधिमूलक तस्बिर।

काठमाडौँ- काठमाडौँ र ललितपुरका केही ठाउँमा आज (शुक्रबार)देखि विद्युत् सेवा अवरुद्ध हुने भएको छ।

नेपाल विद्युत् प्राधिकरणले स्युचाटार-टेकु सबस्टेसनबाट तीन दिन ‘सटडाउन’ गर्न लागेकोले केही ठाउँमा विद्युत सेवा अवरुद्ध हुने भएको हो ।

टेकु सबस्टेशन स्तरोन्नति गरी टेकू-स्युचाटार ६६ केभी लाइनमा चार्ज गर्नेगरी काम भइरहेको प्राधिकरणले जनाएको छ।

त्यसका लागि ६६ केभी स्युचाटार-टेकु लाइन शुक्रबार बिहान ८ बजेदेखि सोमबार बिहान ८ बजेसम्म तीन दिनसम्म सटडाउन गरिने प्राधिकरणले जनाएको छ।

त्यसैगरी ६६ केभी स्युचाटार-पाटन प्रसारण लाइन शनिबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म र ६६ केभी स्युचाटार-के३ लाइन शनिबार दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म सटडाउन गरिने प्राधिकरणले जनाएको छ।

प्रकाशित: २९ भदौ २०८० ८:०५ | Friday, September 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast