काठफोर्ड कलेजमा बीबीए प्लस र बीबीएम प्लस सुरु

हिमाल प्रेस २६ भदौ २०८० २०:४५ | Tuesday, September 12, 2023
काठफोर्ड कलेजमा बीबीए प्लस र बीबीएम प्लस सुरु

काठमाडौँ- ललितपुरको बालकुमारीमा रहेको काठफोर्ड इन्टरनेसनल कलेजले बीबीए प्लस र बीबीएम प्लसको अध्ययन सुरु गरेको छ। मंगलबार विशेष कार्यक्रमसहित बीबीए प्लस र बीबीएम प्लसको अध्ययन तथा अध्यापन सुरु गरिएको कलेजले जानकारी दिएको छ।

कार्यक्रममा नेपालका प्राज्ञिक क्षेत्र र निजी क्षेत्रका व्यक्तित्व, विद्यार्थी र अभिभावकको सहभागिता थियो। काठफोर्ड इन्टरनेसनल कलेजका प्रिन्सिपल डा. राजेन्द्र पोखरेलले सहभागीहरूलाई स्वागत गरे।

उद्घाटन पछि काठफोर्ड कलेजका व्यवस्थापन विभाग प्रमुख रोशन थापाले दुवै कार्यक्रमबारे विस्तृत जानकारी गराए। उक्त दुवै कार्यक्रममा व्यवस्थापन संकायको नयाँ विशिष्ट पाठ्यक्रमलगायत तथ्यांक विश्लेषण, क्लाउड प्रविधि, डिजिटल मार्केटिङ, वित्तीय विश्लेषण र परियोजना व्यवस्थापनबारे जानकारी गराइएको थियो।

प्रकाशित: २६ भदौ २०८० २०:४५ | Tuesday, September 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast