 फाइल तस्बिर
                             फाइल तस्बिर
                                            गलेश्वर- गत साउन २८ गते कागखोलामा आएको बाढीबाट पीडित कागबेनीवासीका लागि लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालले शनिबार १५ लाख रुपैयाँ बराबरको राहत सामग्री पठाएको छ।
मुस्ताङको वारागुङ मुक्ति क्षेत्र–४, कागबेनीधामका बाढी पहिरो पीडितका लागि आपत्कालीन राहत सामग्री पठाएको हो।
लायन्स अन्तर्राष्ट्रिय एलसीआइएफको डिजास्टर रिलिफ इमर्जेन्सीग्रान्टअन्तर्गत प्राप्त १० हजार डलर र डिष्ट्रिक्ट ३२५ आई नेपालको ‘डिजास्टर फण्ड’बाट करिब २ लाख रुपैयाँ गरी १५ लाख रुपैयाँ बराबरको समान पठाइएको डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी सन्तोष रावलले जानकारी दिए।
एक परिवारका लागि तत्कालको आवश्यकता भाँडादेखि खाद्यान्नसहितका सामग्रीमा चामल, नुन, तेल, चिनी चियापत्ती, प्रेसर कुकर, थाल, कचौरा, डाडु पनियो, ब्लाङकेट, म्याट्रेसलगायतका दैनिक उपभोग्य वस्तु पठाइएको रावलले बताए।
कागबेनीधाममा साउन २८ गते साँझ कागबेनी गाउँमाथिको मुक्तिनाथ शिर हुँदै झर्ने शाखा नदी पहिरोका कारण थुनिएपछि आएको बाढीले ठूलो क्षति पुर्याएको थियो।
बाढीले घर र सम्पत्ति बगाइदिएपछि कागबेनीका सयौँ नागरिक घरबारविहीन बनेका छन्। ठाँडो खोलाको बाढीले २९ घर बगाएको थियो भने केही घरमा आंशिक क्षति पुर्याएको थियो।
बाढीले स्थानीयका घर, पसल, होटल, प्रहरीचौकी भवन, वडा कार्यालयलगायत बगाएको थियो। रासस

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 