कांग्रेस काट्ने अभियान रहेछ, म काटिएँ : सहमहामन्त्री महेन्द्र यादव

हिमाल प्रेस ८ असोज २०८० १६:३० | Monday, September 25, 2023
कांग्रेस काट्ने अभियान रहेछ, म काटिएँ : सहमहामन्त्री महेन्द्र यादव

काठमाडौँ- नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले आफ्नो हत्या प्रयासले कांग्रेस काटिनबाट जोगिएको बताएका छन्। उनले कांग्रेस नेतालाई कुरा गर्न पठाउँदा आफूलाई खुकुरी हान्नेले चिनेर आक्रमण गरेको नभएर कांग्रेस काट्ने अभियानमा लागेको बताए। जारी केन्द्रीय समिति बैठकमा सहमहामन्त्री यादवले यसको जानकारी गराएका हुन्।“मेरो हत्या प्रयास गर्ने मान्छेसँग कुरा गर्न मैले एकजना पूर्वइन्सपेक्टरलाई पठाएको थिएँ।

‘मैले महेन्द्र यादवलाई चिनेको पनि थिइनँ। राम्ररी देखेको पनि थिइनँ। तर, म चार पाँच दिनदेखि कांग्रेसी काट्ने अभियानमा हिँडेको थिएँ। जुन खुकुरीले जुनसुकै कांग्रेसी काटिन सक्थे,’ सहमहामन्त्री यादवले भने, ‘कांग्रेसका जोसुकै पनि काटिन सक्थे, म काटिएर अरु कांग्रेसी पनि काटिन सक्थे। म काटिएर कांग्रेसी काटिन जोगाएकोमा खुसी व्यक्त गर्दछु। सभापतिजी, कांग्रेसी काटिने अवस्था नबनोस् भनेर म भन्न चाहन्छु।’

उनले अहिलेसम्म सत्तामा कांग्रेसबाहेकका अन्य पार्टी पनि बसेको भन्दै कांग्रेसलाई नै लक्षित गरेर काट्ने अभियान कहाँबाट किन चल्दै छन् भनेर पनि खोजिनुपर्ने बताए। उनले कांग्रेस बदल्ने अभियानमा सबै लाग्नुपर्ने पनि बताए। उनले देशमा हुने समस्याको निकास कांग्रेसले नै गर्न सक्ने कुरा जनतालाई बुझाउन जरुरी रहेको पनि बताए।

प्रकाशित: ८ असोज २०८० १६:३० | Monday, September 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast