कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्ने

हिमाल प्रेस ५ असोज २०८० ७:१४ | Friday, September 22, 2023
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्ने

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । बिहीबारदेखि पार्टीको केन्द्रीय कार्यालयमा सुरु भएको बैठक शुक्रबार बिहान पुनः ११ बजे बस्नेगरी स्थगित भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

उनका अनुसार बिहीबारको बैठकमा महामन्त्री गगनकुमार थापाले प्रस्तावहरू प्रस्तुत गरेका थिए। बिहीबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको बैठकले एजेन्डाहरू तय गरेको थियो। त्यसपछि पार्टी कार्यालयमा दिउँसो केन्द्रीय समिति बैठक बसेको थियो।

यस्तै बैठकमा उपसभापति एवं कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले शिक्षा विधेयक र शिक्षक महासंघसँग भएका संवादहरू बारे जानकारी गराएका थिए। उनले संविधानले निर्धारित गरेको दायरा र मुलुकको वर्तमान आर्थिक स्थितिले धान्न सक्ने सीमासम्म शिक्षक आन्दोलनले अघि सारेका सबै माग पुरा गर्न सरकार तयार रहेको बैठकमा बताएको पौडेलले जानकारी दिए।

आज बैठकमा केन्द्रीय सदस्यहरू विमलेन्द्र निधि, कल्याणकुमार गुरुङ, नैनसिंह महर र प्रतिमा गौतमले आ–आफ्नो धारणा राखे।

यस्तै आमन्त्रित प्रदेश सभापतिहरू उद्धव थापा (कोशी), कृष्णप्रसाद यादव (मधेश), इन्द्रबहादुर बानियाँ (बागमती), शुक्रराज शर्मा (गण्डकी), अमरसिंह पुन (लुम्बिनी), ललितजंग शाही (कर्णाली) र बीरबहादुर बलायर (सुदूरपश्चिम) ले पनि आ–आफ्नो धारणा राखेको पौडेलले बताए ।

प्रकाशित: ५ असोज २०८० ७:१४ | Friday, September 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast