कांग्रेसको इतर समूहको भेला सुरु

हिमाल प्रेस २ असोज २०८० १५:५८ | Tuesday, September 19, 2023
कांग्रेसको इतर समूहको भेला सुरु

काठमाडौँ- नेपाली कांग्रेस संस्थापन इतर समूहको बैठक सुरु भएको छ। पार्टीको केन्द्रीय कमिटी बैठकअघि नेता डा शेखर कोइरालाले डाकेको बैठक बालुवाटारस्थित सम्पर्क कार्यालयमा सुरु भएको हो।

बैठकमा महामन्त्री गगन थापा, सहमहामन्त्री बद्री पाण्डे, केन्द्रीय कार्यसमिति सदस्य डा मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, दिलेन्द्रप्रसाद बडूलगायतका नेताहरू सहभागी छन्।

केन्द्रीय कार्यसमिति बैठकको दुई दिनअघि बसेको इतर समूहको बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई समेत बोलाइएको थियो। तर उनीहरू बैठकमा सहभागी भएका छैनन्।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक असोज ४ गते बस्दैछ। त्यसअघि आफ्नो समूहको रणनीति तय गर्न कोइरालाले बैठक डाकेका हुन्।

प्रकाशित: २ असोज २०८० १५:५८ | Tuesday, September 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast