एसीसी प्रिमियर कप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा

हिमाल प्रेस २९ भदौ २०८० १७:३३ | Friday, September 15, 2023
एसीसी प्रिमियर कप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा फाइल तस्बिर।

काठमाडौँ- नेपाल क्रिकेट संघ  (क्यान) ले एसीसी यू-१९ प्रिमियर कप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा गरेको छ। आगामी अक्टोबर १२ देखि २४ ताखिसम्म मलेसियामा हुने उक्त प्रतियोगिताका लागि क्यानले शुक्रबार २४ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो।

उक्त प्रतियोगितामा नेपाल समूह ए मा परेको छ। नेपालको समूहमा बहराइन, साउदी अरेबिया र इरान छन्। त्यसैगरी समूह बी मा संयुक्त अरब इमिरेट्स (यूएई) , ओमान, कतार र चीन छन्। समूह सीमा सिंगापुर, कुवेत, थाइल्यान्ड र माल्दिभ्स छन् भने समूह डी मा हङकङ, मलेसिया, जापान र इन्डोनेसिया छन्।

बन्द प्रशिक्षणमा बोलाइएका टोलीमा आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा ए, दीपक बोहरा, उत्तम थापामगर, दीपक डुम्म्रे, दीपक कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, देव खनाल र सुवास भण्डारी छन्।

त्यसैगरी विशाल केसी, मिलन बोहरा, प्रज्वल थापा, तुलबहादुर थापा, निर्मल गुरुङ, राजेश यादव, विपिन रावल, युनिससिंह ठकुरी, अशोक पौडेल, अभिषेक तिवारी, नरेन भट्ट र निरज यादव रहेका छन्। नेपालकाे समूहमा मंगोलिया र माल्दिभ्स छन्।

समूह विजेता भएमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गर्नेछ। एसियाका टेस्ट खेल्ने चार राष्ट्र भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश सीधै क्वार्टरफाइनलमा सहभागी हुनेछन्। उनीहरूले सिनियर टिम नपठाउने बताएका छन्।

प्रकाशित: २९ भदौ २०८० १७:३३ | Friday, September 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast