एसिया कप : श्रीलंकालाई भारतले दियो २१४ रनको लक्ष्य

हिमाल प्रेस २६ भदौ २०८० १९:५५ | Tuesday, September 12, 2023
एसिया कप : श्रीलंकालाई भारतले दियो २१४ रनको लक्ष्य

काठमाडौँ- एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर चारको खेलमा भारतले श्रीलंकालाई २१४ रनको मध्यम लक्ष्य दिएको छ। भारतीय ब्याटरमाथि श्रीलंकन बलर हाबी हुँदा श्रीलंका भारतलाई २१३ रनमै रोक्न सफल भएको हो।

श्रीलंकाको कोलोम्बोस्थित आर प्रेमदासा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको भारतले सुरुवात राम्रो गरेको थियो। पहिलो ११ ओभरमा बिना कुनै विकेट ८० रन बनाएको भारतले ११.१ ओभरमा शुभमन गिलको विकेट गुमाएको थियो।

श्रीलंकाका स्पिनर दुनिथ वेल्लालगेले उनको विकेट लिएपछि भारतले एकपछि अर्को विकेट गुमाउन थाल्यो। वेल्लालगेले भारतका टप अर्डर ब्याटर विराट कोहली, कप्तान रोहित शर्मा, केएल राहुलसहित ५ विकेट लिए।

१० ओभरमा उनले १ मेडन राख्दै ४० रन दिए। श्रीलंकाका अर्का स्पिनर चरिथ असालंकाले ९ ओभरमा १ मेडन राख्दै १८ रन दिएर ४ विकेट लिए। भारतका लागि ओपनर कप्तान रोहित शर्माले ५३ रन, शुभमन गिलले १९ र विराट कोहलीले ३ रन बनाए।

त्यस्तै इशन किशनले ३३, केएल राहुलले ३९ तथा अक्सर पटेलले २६ रन बनाए। यसअघि सोमबार सकिएको सुपर चारकै खेलमा पाकिस्तानलाई भारतले २२८ रनले हराएको थियो।

प्रकाशित: २६ भदौ २०८० १९:५५ | Tuesday, September 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast