एमी अवार्डमा अटाएका भारतीय कलाकार

हिमाल प्रेस १० असोज २०८० १३:३३ | Wednesday, September 27, 2023
एमी अवार्डमा अटाएका भारतीय कलाकार

काठमाडौँ- विश्व टेलिभिजनको प्रतिष्ठित अवार्ड ‘इन्टरनेसनल एमी अवार्ड’ को ७५ औँ संस्करणमा मनोनयनमा परेका सदस्यहरूको सूची बाहिरिएको छ। २०२३ मा १४ विधामा २० देशका ५६ कलाकारको नाम रहेको छ। मनोनयनमा तीन भारतीय कलाकार पनि परेका छन्, शेफाली शाह, जिम सर्भ र वीर दास।

शेफाली नेटफ्लिक्स वेब सिरिज ‘दिल्ली क्राइम २’का लागि उत्कृष्ट अभिनेत्री विधामा मनोनयनमा परेकी छन्। जसमा उनले आईपीएस अफिसको भूमिका निर्वाह गरेकी छन्। जिम सर्भ सोनी लिभको वेब सिरिज ‘रकेट ब्वाइज’का लागि उत्कृष्ट अभिनेताका लागि र वीर दास नेटफ्लिक्सको कमेडी ड्रामा ‘वीर दास : ल्यान्डिङ’का लागि मनोनयनमा परेका छन्।

‘रकेट ब्वाइज’ बायोग्राफिकल सिरिज हो। जो भारतीय वैज्ञानिक होमी जे भाभा र विक्रम साराभाइका जीवनमा आधारित छ। त्यसमा जिम होमी जे भाभाको भूमिकामा छन्।

प्रकाशित: १० असोज २०८० १३:३३ | Wednesday, September 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast