एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

हिमाल प्रेस २६ भदौ २०८० ६:२५ | Tuesday, September 12, 2023
एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ। राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो। उपचारकै क्रममा उनको निधन भएको स्वकीय सचिव कृष्णप्रसाद काफ्लेले जानकारी दिए।

नेम्वाङ २००९ साल फागुन २८ गते इलाम नगरपालिका–७ सुन्तलाबारीमा जन्मिएका थिए। नेम्वाङको निधनलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल पुगेका थिए। पूर्वसभामुखसमेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद रहँदै आएका थिए । उनी नेकपा एमाले संसदीय दलको उपनेतासमेत थिए।

प्रकाशित: २६ भदौ २०८० ६:२५ | Tuesday, September 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast