एमालेले बोलायो सचिवालय बैठक

हिमाल प्रेस २६ भदौ २०८० ९:२३ | Tuesday, September 12, 2023
एमालेले बोलायो सचिवालय बैठक नेकपा एमालेको केन्द्रीय कार्यालय।

काठमाडौँ- नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधन भएपछि पार्टीको आकस्मिकरूपमा सचिवालय बैठक बस्न लागेको हो।

सचिवालय बैठक आज बिहान ११ः०० बजे पार्टी मुख्यालयमा बस्ने एमाले प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिए।

सोमबार राति १ः३० बजे नेता नेम्वाङ हृदयघातका कारण निधन भएको थियो। उनको पार्थीव शरीरलाई अहिले केहीबेरमा ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा श्रद्धाञ्जलिका लागि लगिँदैछ।

प्रकाशित: २६ भदौ २०८० ९:२३ | Tuesday, September 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast