एमालेका सबै कार्यक्रम स्थगित

हिमाल प्रेस २६ भदौ २०८० ९:०७ | Tuesday, September 12, 2023
एमालेका सबै कार्यक्रम स्थगित नेकपा एमालेको केन्द्रीय कार्यालय।

काठमाडौँ- उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि नेकपा एमालेले सबै कार्यक्रम स्थगित गरेको छ। मंगलबारका लागि तय भएका सबै कार्यक्रम अर्को सूचना जारी नहुन्जेल स्थगित भएको एमालेका कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

उपाध्यक्ष नेम्वाङको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आज बिहान ९ बजेपछि पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिने उनले जानकारी दिए।

‘हाम्रो पार्टीका उपाध्यक्ष, संविधान सभाका अध्यक्ष एवं प्रतिनिधिसभाका पूर्व सभामुख माननीय सुवासचन्द्र नेम्वाङको निधनको जानकारी गराउनु पर्दा हामीलाई औधी पीडा भइरहेको छ।’ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टीका संसदीय दलका उपनेता तथा इलाम-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य माननीय नेम्वाङको आज बिहान १स्४० बजे त्रि।वि। शिक्षण अस्पतालमा उपचारको क्रममा हृदयघातबाट निधन भएको जानकारी अस्पतालले गराएको छ ।’

प्रकाशित: २६ भदौ २०८० ९:०७ | Tuesday, September 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast