एमजी कमेट र एमजी-४ सार्वजनिक, सुरुवाती मूल्य १७ लाख ९९ हजार र ४१ लाख ४९ हजार

हिमाल प्रेस २५ भदौ २०८० ११:५७ | Monday, September 11, 2023
एमजी कमेट र एमजी-४ सार्वजनिक, सुरुवाती मूल्य १७ लाख ९९ हजार र ४१ लाख ४९ हजार

काठमाडौँ- नेपालका लागि एमजी गाडीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले एमजी कमेट र एमजी-४ गरी दुई विद्युतीय गाडी सार्वजनिक गरेको छ।

कमेट ईभी भारतमा निर्मित कार हो। जसले फूल चार्जमा २३० किलोमिटरको रेन्ज दिन्छ। यसमा १७.३ किलोवाटको ब्याट्री र ३१.२६ किलोवाटको मोटर रहेको छ। कमेटमा यात्रुको सुरक्षाको लागि आईपी–६७ रेटेड ब्याट्री, डुअल फ्रन्ट एयर ब्याग, पार्किङ सेन्सर र सबै यात्रुको लागि सिट बेल्ट राखिएको छ। त्यसका साथै एलसीडी स्क्रिन, रिमोट सेन्ट्रल लकिङ, म्यानुअल एसी र हिटरजस्ता सुविधा छन्। यसको सुरुवाती मूल्य १७ लाख ९९ हजार तोकिएको छ। कमेट ईभी प्ले र पेस गरी दुई भेरिएन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

सार्वजनिक भएको अर्को गाडी एमजी–४ ईभीले २०२३ को ‘यूके कार अफ द इयर’ हुनुको साथै युरोपभर सेफ्टीको लागि ५ स्टार पाएको छ। कम्फर्ट र लक्जरी गरी दुई भेरियन्टमा उपलब्ध एमजी कम्फर्ट ईभीको ब्याट्री क्षमता ५१ किलोवाट र ९९ किलोवाटको मोटर रहेको छ।

त्यस्तै एमजी लक्जरी ईभीको ब्याट्री क्षमता ६४ किलोवाट र १५० किलावाटको मोटर रहेको छ। एमजी–४ ईभीको मूख्य आकर्षण इन्डिभिजुअल सस्पेन्सन र रियर ह्विल ड्राइभ हो। एमजी–४ ईभीले फूल चार्जमा ४३५ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको भनाइ छ। यात्रुको सुरक्षाको लागि रियर आइसोफिक्स, फ्रन्ट साइड एयर ब्याग, टायर प्रेसर मनिटरिङ सिस्टम, सिट बेल्ट रिमाइन्डरजस्ता फिचर छन्। सुविधा र सहजताको लागि मोबाइल फोन ब्लुटुथ की, पाँचवटा ड्राइभिङ मोड आदिजस्ता फिचर रहेका छन्।

एमजी–४ कम्फर्टको सुरुवाती मुल्य ४१ लाख ४९ हजार र लक्जरीको सुरुवाती मुल्य ५८ लाख ९९ हजार रहेको छ। एमजीका यी दुवै भेरियन्टमा टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, रिभर्सिङ क्यामेरा दिइएको छ। दुवैमा एमजीले आफ्टर सेल्स सर्भिस र एक वर्षको वारेन्टी प्रदान गरेको छ।

प्रकाशित: २५ भदौ २०८० ११:५७ | Monday, September 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast