एनसेलको १८औँ वार्षिकोत्सवमा ‘बजार जाऔँ’ कार्यक्रम

हिमाल प्रेस ४ असोज २०८० १३:१७ | Thursday, September 21, 2023
एनसेलको १८औँ वार्षिकोत्सवमा ‘बजार जाऔँ’ कार्यक्रम

काठमाडौँ- एनसेल आजियाटा लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा ‘बजार जाऔँ’ (गो टु मार्केट) कार्यक्रमको आयोजना गरेको छ। यस कार्यक्रमअन्तर्गत एनसेलका उच्चपदस्त अधिकारीलगायत अन्य कर्मचारी देशैभरका विभिन्न एनसेल सेन्टर र आधिकारिक खुद्रा विक्रेताका पसलपसल गएर आफ्ना ग्राहक र खुद्रा विक्रेतासँग प्रत्यक्ष अन्तरक्रिया गरेका थिए।

नेपाली उपभोक्ताको निरन्तरको साथ र सहयोगका लागि व्यक्तिगत रूपमा धन्यवाद दिन र उनीहरूका कुरा बुझ्न एनसेलका प्रमुख कार्यकारी अधिकृत एवम् प्रबन्ध निर्देशक जाब्बोर कायुमोभलगायत व्यवस्थापनका उच्चपदस्थ अधिकारीहरूले एनसेल सेन्टर र खुद्रा विक्रेताका पसल भ्रमण गरेका थिए।

‘बजार जाऔँ’ ग्राहकका गुनासा, सल्लाह र सुझाव व्यक्तिगतरूपमा सुनेर त्यसलाई सम्बोधन गर्ने एनसेलको प्रतिबद्धता अनुरुप आयोजना गरिएको कार्यक्रम हो। कम्पनीको ब्रान्ड वाचा ‘आज, भोलि, सधैँ सँगै’ अन्तर्गत रही वार्षिकोत्सवको थिम ‘हामी तपाईंकै लागि’ अनुसार यो बजार भ्रमण कार्यक्रमको आयोजना गरिएको हो।

प्रकाशित: ४ असोज २०८० १३:१७ | Thursday, September 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast