‘एनएमबि बुद्ध भिसा डेबिट कार्ड’ सार्वजनिक

हिमाल प्रेस ४ असोज २०८० १८:५३ | Thursday, September 21, 2023
‘एनएमबि बुद्ध भिसा डेबिट कार्ड’ सार्वजनिक

काठमाडौँ- ‘एनएमबि बुद्ध भिसा डेबिट कार्ड’ सार्वजनिक गरिएको छ। एनएमबि बैंक र बुद्ध एयरको सहकार्यमा ‘एनएमबि बुद्ध भिसा डेबिट कार्ड’ सार्वजनिक गरिएको हो।

सो कार्डले ग्राहकको यात्रालाई थप सहज बनाउने विश्वास बैंक र बुद्ध एयरले लिएका छन्। ‘को-ब्रान्डेड डेबिट कार्डका ग्राहकले काठमाडौँ उपत्यकाभित्र रहेका बुद्ध एयरका ३ काउन्टर एयरपोर्ट, सिनामंगल र जावलाखेलबाट हवाई टिकट खरिद गर्दा हवाई भाडामा १० प्रतिशत छुट पाउनेछन्,’ सम्झौतापछि जारी विज्ञप्तिमा उल्लेख छ।

साथै ग्राहकले आन्तरिक टर्मिनलबाट यात्रा गर्दा थप ५ किलो सामान निःशुल्क लान सक्ने विज्ञप्तिमा उल्लेख छ। ‘एनएमबि बुद्ध भिसा डेबिट कार्ड प्रयोेग गर्ने ग्राहकलाई शतप्रतिशत भाडा क्यास ब्याक गर्नु यस कार्डको मुख्य विशेषता हो,’ विज्ञप्तिमा थप भनिएको छ, ‘नेपालको जुनसुकै कुनामा रहेका एटीएमबाट निःशुल्क नगद झिक्ने सुविधासमेत यस कार्डका प्रयोगकर्तालाई प्रदान गरिएको छ।’

प्रकाशित: ४ असोज २०८० १८:५३ | Thursday, September 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast