 
                             
                                            काठमाडौँ- एनआईसी एशिया बैंक लिमिटेडको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७९/८० को लागि ३०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।
६२९औँ बैठकले गत वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट चुक्ता पुँजीको ३०.५२६३ प्रतिशत बराबर हुन आउने ३ अर्ब ५३ करोड ६४ हजार रुपैयाँ वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमध्ये २९ प्रतिशत बोनस सेयर र १.५२६३ प्रतिशत नगद लाभांश हुने बैंकले जनाएको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी २६औँ वार्षिक साधारण सभाले स्वीकृत दिएपछि वितरण गरिने छ।
एनआईसी एशिया बैंकका मुलुकभर ३६० शाखा कार्यालय, ६०८ एटीएम, १०९ वटा विस्तारित काउन्टर र ६१ वटा शाखारहित एकाइ छन्।
                            प्रकाशित: २९ भदौ  २०८० १५:१७ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 