एनआईसी एशिया फुटसल कपको उपाधि रजिस्टर्ड अफिस र इमेज एक्सपेरियन्सलाई

हिमाल प्रेस १५ भदौ २०८० २०:५४ | Friday, September 1, 2023
एनआईसी एशिया फुटसल कपको उपाधि रजिस्टर्ड अफिस र इमेज एक्सपेरियन्सलाई

काठमाडौँ- एनआईसी एशिया फुटसल कप २०२३ प्रतियोगिता सकिएको छ। कर्मचारीहरूबीचको टिमवर्क, नेतृत्व विकास तथा स्वस्थ प्रतिस्पर्धालाई प्रवद्र्धन गर्ने उद्देश्यले गरिएको प्रतियोगितामा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा बैंकका ३९ सय बढी कर्मचारीहरूको उत्साहपूर्ण सहभागिता रहेको बैंकले जनाएको छ।

सातै प्रदेशबाट छानिएका २० पुरुष र १५ महिला टिमहरूको निर्णायक खेल काठमाडौँको धन्यन्तरी फुटसल मैदानमा भदौ ९ गते सम्पन्न भएको हो। लिग तथा नक आउट चरणमा भएको उक्त खेलको फाइनलमा पुरुषतर्फ बैंकको रजिस्टर्ड अफिस टिम विजेता र डिजिटल पेमेन्ट इकोसिस्टम टिम उपविजेता बनेको थियो। महिलातर्फ इमेज एक्पेरियन्स म्यानेजमेन्ट इन्फोर्समेन्ट टिम विजेता र सुदूरपश्चिम प्रदेश बी टिम उपविजेता बन्यो।

खेल अवधिभर उत्कृष्ट खेल्ने महिलातर्फ सुदूरपश्चिम प्रदेश बी की रक्षा शाही र पुरुषतर्फ डिजिटल पेमेन्ट इकोसिस्टम टिमका विवेक चौधरी छनोट भए। त्यस्तै उत्कृष्ट गोलकिपर इमेज एक्पेरियन्स म्यानेजमेन्ट इन्फोर्समेन्टकी सोना थापा र रजिष्टर्ड अफिसका मञ्जित कार्की भए।

उच्च स्कोरर कर्णाली प्रदेशकी उर्मिला चौधरी र रजिष्टर्ड अफिसका ठाकुर श्रेष्ठ घोषित भए। प्रतियोगिताका विजेता, उपविजेता, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ताहरूलाई ट्रफी, मेडल र प्रमाणपत्रसहित सम्मान गरिएको थियो। बैंकले यस खालको प्रतियोगिता नेपालको कर्पोरेट (आन्तरिक) क्षेत्रमा हुने खेल इभेन्टमध्ये सबैभन्दा पहिलो प्रतियोगिता भएको दाबी गरेको छ।

समापन समारोहमा नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान अनिल गुरुङ, नेपाली राष्ट्रिय फुटबल टिमका सहायक प्रशिक्षक थमन भुसाल, बैंकका नायब प्रमुख कार्यकारी अधिकृतद्वय सुधीरनाथ पाण्डे र सन्तोष राठी, प्रमुख डेभ्लोपमेन्ट अफिसर कैलाश गौतम, बैंकका कम्पनी सचिव दिपेन कार्की, बैंकको ब्राण्डिङ एण्ड कर्पोरेट कम्युनिकेसन्स् विभाग प्रमुख सरोज भट्टराईलगायतको उपस्थिति थियो।

प्रकाशित: १५ भदौ २०८० २०:५४ | Friday, September 1, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast